नेप्से सूचक २१६९.०४ बिन्दुमा, लगानीकर्ताले नाफा सुरक्षित गर्दा करेक्सन

काठमाडौं । सोमबार नेप्से सूचक अलटाइम हाइ २२ बिन्दुमाथि गएर फर्किएको छ । आज नेप्से परिसूचक ६.६३ अंकले घटेर २१६९.०४ बिन्दुमा आएर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ । नेप्सेमा २०२ कम्पनीको ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । आज कारोबारमा आएका १२ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको घटेको छ । वित्त उपसमूहको परिसूचक ०.६४ प्रतिशत, निर्जीवन बीमाको ०.५४ प्रतिशत, अन्यको ०.५५ प्रतिशत, विकास बैंकको ०.३९ प्रतिशत र जलविद्युतको ०.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने आज सबै भन्दा धेरै १.७६ प्रतिशत घटेको छ । आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्र स्थानमा रहेको छ ।सो कम्पनीको यस दिन ४६ करोड ८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।त्यसैगरी, आज नेपाल लाइफ इन्स्योरेन्सको ४० करोड ७१ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, जेबिल्स फाइनान्सको सेयर नौं प्रतिशत भन्दा माथि कारोबार भएको छ ।यो कम्पनीको सेयरमूल्य यस दिन ९.९६ प्रतिशत अर्थात २३ रुपैयाँ बढेर २५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । यस दिन नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य भने सर्वाधिक ५.८४ प्रतिशत घटेको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया