NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

नक्कली भ्याट बिल प्रयाेग गरी ६५ करोड २८ लाख कर छली, १० विरूद्ध मुद्दा दायर

काठमाडौं । नक्कली भ्याट बिल प्रकरणमा सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा न. ६ मा बस्ने प्रदिप शाहसहित १० जनाविरूद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले आरकेएम ट्रेडिङ प्रालिका मुख्य कारोबारी शाह सहित १० जनालाई ६५ कारोड २८ लाख ५२ हजार २८२ रुपैयाँ बिगो मागी शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । शाह लगायत १० जनाले आर. के. एम ट्रेडिङ्ग प्रालि लगाएत बिभिन्न १३ वटा फर्मबाट आर्थिक अवस्था कमजोर भएका मजदुर लगाएतका व्यक्तिको नाममा दर्ता गरि राजस्व छलि गरेको विभागले जानकारी दिएको छ । शाहले बिभिन्न फर्मको नाममा आफै बैंक खाता सञ्चालक गरि झुटट तथा नक्कली बिक्री बीकज जारी गरी २०७३÷०७४ २०७५÷७६ सम्ममा राजस्व चुवावट गरेको तथ्यांक बाहिरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष