केपी ओली दोस्रो जंगबहादुर बन्दै छन् : कृष्ण पहाडी

काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन् । ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको समेत बताए । ‘केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,’ पहाडीले रिपोर्टर्स क्लब नेपालमा भने, ‘संसद विघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन् । विप्लव र राजावादीले समेत यसको फाइदा उठाउन थाले ।’ सर्वोच्च अदालतले यो विघटनको फैसलालाई मान्यता दियो भने अन्यले पनि सोही अनुसारको परम्परा पछ्याउने उनको भनाई थियो । पछिल्लो पटकको संसद विघटनबाट विश्व झनै चकित भएको पहाडीको भनाई छ । पार्टीको किचलोका कारण संसद विघटन गरेको केपी ओलीको भनाईको कडा आलोचना समेत गरे । ‘संसदमा अविश्वासको प्रस्ताव आउछ भन्ने थाहा पाउनासाथ उनले संसद विघटन गरे, आफ्नो पार्टीलाई पनि छोडेनन् र संसदलाई पनि छोडेनन्’ पहाडीले भने, ‘सबै किसिमको संसदीय विकल्पको प्रावधान छोडेर उनले संसद विघटन गरेका छन्, एकतिरबाट मात्रै ४० प्रतिशत भए पार्टी फुटाउन सक्ने जस्तो प्रावधान ल्याए, उनी मात्रै होइन माधब नेपाल र प्रचण्ड पनि यसका दोषी हुन् ।’ प्रतिनिधिसभामा पराजित भएका व्यक्ति मन्त्री हुन नसक्ने प्रावधानलाई उल्लंघन गर्दै हारेका व्यक्तिलाई पनि ओलीले मन्त्रीमा नियुक्ति दिएको तर्क उनको थियो । कसैले पनि संसद पुनःस्थापना गर्न सक्दैन भन्ने केपी ओलीको भनाई अदालतकै मानहानी भएको पहाडीले बताए । आणविक निषेध सन्धीको विरोध गर्दै आएका उनले पछिल्लो समय केपी ओलीको संसद विघटनको विरोधमा होमिएको बताए । दुई तिहाईको प्रधानमन्त्रीले भारतको अयोध्या नक्कली भएको हावादारी कुरा गरेकोप्रति पनि उनको कटाक्ष थियो । उनले ठोरीका मानिसलाई पनि फोन गरी गरी भाँडेको बताए । ‘यो एउटा मानिसले धैर्य गुमाएको परिणाम हो, यो उनको एउटा सनकको परिणाम हो’ पहाडीले भने । उनले नेपालको विकास देखेर विश्व चकित छ भन्ने हावादारी नभएर प्रधानमन्त्रीको बहुलठ्ठी कुराबाट संसार चकित भएको पहाडीले बताए ।
ताजा अपडेट
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
-
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
-
‘सगरमाथा संवाद’: पाहुनालाई गराइयाे हिमशृङ्खला दृश्यावलोकन
प्रतिक्रिया