NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

देशैभर चिसो बढ्यो : आज र भोलि वर्षाको सम्भावना, सर्तक रहन चेतावती

काठमाडौं । मुलुकभर चिसो बढेको छ । जल तथा मौसम विभागले आज र भोलि (मंगलबार र बुधवार) देशभरका केही पहाडी भूभागहरूमा वर्षाको पूर्वानुमान गरेको छ भने हिमपातको सम्भावना रहेको पनि जनाएको छ । आज देशभर सामान्य बदली रहने विभागको भनाइ छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती र प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना विभागले औंल्याएको छ । त्यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।देशका उच्च पहाडी र हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना पनि विभागले अनुमान गरेको छ । त्यस्तै, भोलि (बुधबार) पनि मुलुकभरका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । पर्सि (बिहीबार) देशको पहाडी भु–भागमा आंशिक बदली रहे पनि अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ । सर्तक रहन चेतावती पछिल्लो २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बागमती र प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउन विभागले चेतावनी दिएको छ । देशभर बदली भइ हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको विभागले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष