२ माघदेखि इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्बको आइपीओ खुल्दै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेबाट बिक्री खुला हुने भएको छ । यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको आइपीओबाट ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीको लागि छुट्याएको छ । यस्तै ५ प्रतिशत अर्थात ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्टाइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् । बैंकले प्रतिकित्ता १ सय रुपैयाँको दरले आइपीओ जारी गर्न लागेको हो । यो आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिसम्म आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुने छ । बैंकको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकने छन् । इक्रा नेपालले बैंकको आइपीओलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिंग दिएको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।
ताजा अपडेट
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
-
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
-
‘सगरमाथा संवाद’: पाहुनालाई गराइयाे हिमशृङ्खला दृश्यावलोकन
प्रतिक्रिया