खुकुरी प्रहार गरि श्रीमतीको हत्या

इलाम । इलामस्थित देउमाई नगरपालिका–८ आमबोटेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सामान्य घरायसी विवादको विषयमा सुवास राईले खुकुरी प्रहार गरि २७ वर्षीया नम्रता राईको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी राइले हत्या गरेका हुन् । घटनाबारे जानकारी पाउनासाथ जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
-
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
-
‘सगरमाथा संवाद’: पाहुनालाई गराइयाे हिमशृङ्खला दृश्यावलोकन
प्रतिक्रिया