NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रदेशसभा भंग हुने कुनै सम्भावना छैन्ः खानेपानी मन्त्री थापा

जाजरकोट । खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रदेश सरकार फेरबदलबारेमा कुनै प्रकारको छलफल नभएको बताएका छन् । जाजरकोटमा आयोजित नेकपाको ओली पक्षको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले प्रदेशसभा भंग हुने कुनै सम्भावना नभएको बताएका हुन् । उनले भने, ‘अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन ।’ थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छन् । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने थापाको बताए । उनले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी कदम हो । कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली संकटमा पर्यो भने चुनावमै जाने हो ।’

ताजा अपडेट

नेपालवाच विशेष