ओली निरंकुश शैलीले अगाडि बढेपछि कारबाही गरियोः माधव नेपाल

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली निरंकुश शैलीले अगाडि बढेपछि अनुशासनको कारबाही गरिएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले बानेश्वरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यसो बताएका हुन् । नेपालले प्रधानमन्त्री ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गरेका कारण कारबाही स्वरुप पार्टीबाट बर्खास्त गरिएको बताएका छन् । उनले भने, ‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ ।’ सँगै नेपालले ओलीलाई कम्युनिष्ट पार्टी मन नपर्ने बताएका छन् । उनले ओलीलाई कम्युनिष्ट पार्टी नभएर ओली गुट मनपर्ने बताएका हुन् । उनले भने, ‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ । उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो। उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी होइन। तर विडम्बना उहाँ नै अध्यक्षमा आसिन हुनुभयो हामी धुँरूधुँरू रोएर बस्यौं।’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया