नेप्से सूचक ३.५४ अंकले घट्दा ४ अर्ब ५६ करोड माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक सामान्य अंकले घटेको छ । आज कारोबारमा आएका १२ उपसमुहमध्य ९ वटा उपसमूहको सूचक ओरालो लागेको छ भने तीन उपसमूहको सूचक उकालो लागेका छन् । जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेको छ। सोमबार ६ अंकले घटेको सेयर बजार मंगलबार पनि ३ अंकले घटेको हो । मंगलबार नेप्से सूचक ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा झरेको हो । यस दिन २०६ वटा कम्पनीको १ करोड ८ लाख कित्ता सेयर ४ अर्ब ५६ करोड ६३ लाख रुपैयाँमा बराबरको खरिद बिक्री भएको छ । अघिल्लो दिन ५ अर्ब बढीको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार नेप्से सूचकमा सामान्य गिरावट देखिए पनि ७ वटा कम्पनीको सेयर सर्किट लेबलमा कारोबार भएको छ जसमा ४ वटा हाइड्रोपावर कम्पनी रहेका छन्। आज जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ९.८७ प्रतिशत, हिमाल दोलखाको ९.८४ प्रतिशत, रिडी हाइड्रोको ९.६६ प्रतिशत, जोशी हाइड्रोको ९.३५ प्रतिशत, आँखुखोला हाइड्रोपावरको ९.२४ प्रतिशत र घलेम्दी हाइड्रोको ९.१७ प्रतिशतले बढेको छ। व्यापार समूहका कम्पनीहरुको सेयरमूल्यमा भने मंगलबार गिरावट आएको छ । जसले गर्दा उक्त उपसमूहको सूचक ५ प्रतिशतभन्दा धेरैले घटेको छ। मंगलबार साल्ट ट्रेडिङको सेयरमूल्य सबैभन्दा धेरै ६.१६ प्रतिशतले घटेको छ । हिमालयन डिस्टिलरीको २.७७ प्रतिशत, विशाल बजार कम्पनीको २.६३ प्रतिशत र एनएमबि माइक्रोफाइनान्सको २.५८ प्रतिशतले घटेको छ। मंगलबार सेयर बजारमा शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। इन्स्योरेन्सले मंगलबार नै शेयरधनीहरुलाई वितरण गर्ने २९ प्रतिशत लाभांश घोषणा गरेको थियो जसले गर्दा कम्पनीको सेयर उच्च करोबार भएको हो। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ९० लाख, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ३५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको २० करोड ६७ लाख र एनआइसी एशिया बैंकको १६ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया