वायु प्रदुषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २० मिनेट बन्द

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानलमा वायु प्रदुषण हुँदा उडान पनि प्रभावित भएका छन् । प्रदुषणका कारण उडानका लागि भिजिबिलिटी कम भएका कारण मंगलबार १ः३० देखि १ः५० सम्म त्रिभुवन विमानस्थलमा २० मिनेटसम्म उडान अवरुद्ध भएको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए । विमानस्थल बन्द भएपछि ‘टेक अफ’ र ‘ल्यान्डिङ’का क्रममा रहेका जहाजलाई पनि होल्ड गरिएको थियो । जसकारण अन्तर्राष्ट्रिय र आन्तरिक गरी पाँच उडान प्रभावित भएको कर्णले बताए । समान्यतया हवाइ उडानका लागि न्यूनतम १२ सय मिटरको भिजिबिलिटी अवश्यक हुन्छ । उक्त समयमा एक हजार मिटरको भिजिबिलिटी थियो । ‘१५ सयको हाराहारीमा भयो भने हामीलाई सहज हुन्छ । तर, हजार भन्दा तल आयो भने हामीलाई विमानस्थल सञ्चालन गर्न गाह्रो हुन्छ,’ कर्णले भने । हाल भिजिबिलिजी सामान्य अवस्थामा आएपछि भने उडान र अवतरण नियमितको भएको उनले जानकारी दिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया