ओलीकै मन्त्री भन्छन् : आत्मघाती कदमबाट उहाँ (ओली) नै खुसी हुनुहुन्न

काठमाडौं । केपी ओली सरकारका सहरी विकास मन्त्री प्रभु साहले प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदम आत्मघाती भएको बताएका छन् । जनकपुरमा भएको कार्यकर्ता भेलामा मन्त्री शाहले प्रतिनिधिसभा विघटनबाट प्रधानमन्त्री ओली नै खुसी नभएको बताए । ‘केही नेता संसद प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगमन भन्छन् । हामी आफैं पनि विघटनबाट खुशी छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’ साहले भने, ‘हामीले पाँच वर्षका लागि जितेका हौ भने तीनै वर्षमा छाडीदिउँ भनेर कसले चाहन्छ । यसबाट कोही खुशी छैनन् । त्यसैले यो आफैंमा आत्महत्या हो । तर यो बाध्यता पनि हो ।’ उनले विघटन संविधानसम्मत रहेको पनि बताए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया