अब पर्वतको बिहादीमा पनि प्याराग्लाइडिङ

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । प्याराग्लाइडिङ उडानका लागि प्रदेश सरकारले पूर्वाधार निर्माणको काम शुरु गरेको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम २० लाख रुपैयाँको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण गर्न थालिएको हो । बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान -टेकअफ- गर्ने र वडा नं ३ को इमिचौर र वडा नं १ को दुर्लाङमा अवतरण -ल्याण्ड- गर्ने गरी काम थालिएको छ । केही समयअघि गरिएको प्याराग्लाइडिङको सफल परीक्षणसँगै व्यावसायिक उडानका लागि पूर्वाधारको काम थालिएको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जीतबहादुर नेपालीले जानकारी दिए । २० लाख रुपैयाँबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायतका संरचना निर्माण गरिनेछ । उक्त संरचना आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कामसमेत अगाडि बढाइने नेपालीले बताए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया