NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

खानेपानी मन्त्री थापालाई जाजरकोटमा कालो झण्डा देखाइयो

जाजरकोट । प्रतिनिधिसभा विघटनपछि नियुक्त गरिएका खानेपानी मन्त्री मणी थापालाई जाजरकोट नेकपाको प्रचण्ड–नेपाल समूहका अनेरास्ववियूका सदस्यहरुले कालो झण्डा देखाएका छन् । ओली समूहको कार्यकर्ता परिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई नेपागञ्ज फर्कने क्रममा अनेरास्ववियूका सदस्यहरुले भेरी नगरपालिका–४ बोहरामा कालो झण्डा देखाएका हुन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्री मण्डलमा थापा खानेपानी मन्त्रीको पदमा छन् । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार दोस्रो चरणको कार्यक्रम अन्तर्गत पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष