NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

सर्वोच्चमा सुनुवाइ अघि बाबुरामको चेतावनी : अरू बाटो रोज्न नपरोस्

काठमाडाैं । जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि सर्वोच्च अदालतमा हुन लागेको सुनुवाइ अघि गम्भीर सवाल उठाएका छन् । आजदेखि सबैका आँखा सर्वोच्च अदालततिर हुने भन्दै भट्टराईले लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुन सक्ने बताएका हुन् । अन्यथा अरु बाटो रोज्नुपर्ने भन्दै भन्दै उनले चुनौती दिएका छन् । ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ ! ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभामार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ ! अरू बाटो रोज्न नपरोस् !’ ट्वीटरमा भट्टराईले लेखेका छन् । आजदेखि सबैको आॅखा सर्वोच्च अदालततिर हुनेछ!ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ!अरू बाटो रोज्न नपरोस्!— Baburam Bhattarai (@brb1954) January 6, 2021

ताजा अपडेट

नेपालवाच विशेष