बीमा समिति नेतृत्वबिहीन हुँदै, राजनीतिक अस्थिरताले नियुक्ति ओझेलमा

काठमाडौं । बीमा समिति भोलि (बिहीबार) देखि नेतृत्वबिहीन हुँदैछ । समितिका वर्तमान अध्यक्ष चिरञ्जिवी चापागाईंको कार्यकाल सकिने भएसँगै समिति नेतृत्वबिहीन हुन लागेको हो । १४ पुस ०७३ को सरकारको निर्णयले समितिको अध्यक्ष बनेका चापागाईं आफ्नो कार्यकाल सकिनु एक साताअघि गत साता छुट्टीमा बसेका छन् । चापागाईंको बहिर्गमन भएसँगै सरकारले नयाँ नेतृत्वका टुंग्याएको छैन । चापागाईंको विदासँगै एक सातादेखि अनौपचारिक रुपमा नेतृत्वबिहीन भएको समितिमा अझै कहिले नयाँ नेतृत्व आउने हो निश्चित छैन । नयाँ नेतृत्वको टुंगो नलाग्दा समितिका कामकारवाही प्रभावित हुन पुगेका छन् ।बीमा समितिको अध्यक्ष मन्त्रिपरिषद्को बैठकको निर्णयमार्फत हुने व्यवस्था छ । तर, अहिले विकसित राजनीतिक घटनाक्रम, संसद विघटन लगायतका मुद्दाका कारण नियुक्ति लम्बिने संकेत देखिएको छ । यस्तो छ नियुक्ति प्रक्रिया अध्यक्ष चयनको लागि प्रारम्भिक चरणमा अर्थ मन्त्रालयले ‘सर्च कमिटी’ गठन गर्छ । त्यसले समयावधि तोकेर आवेदन माग गरी वा सीधै तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्छ ।समितिको सिफारिसमा मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्छ । यसरी पेस भएकामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई समितिको अध्यक्ष नियुक्त गर्छ । बीमा समितिको अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा त्यसको असर बीमा कम्पनीहरूमा पनि परेको छ ।निजी बीमा कम्पनीको अध्यक्षको शपथग्रहण पनि समितिको अध्यक्षले नै गराउने व्यवस्था छ । समिति अध्यक्षबिहीन हुँदा नेको इन्स्योरेन्समा नियुक्त भएका अध्यक्षले शपथग्रहण गर्न पाएका छैनन् । त्यस्तै, अहिले कोरोना महामारीका कारण हजारौंले कोरोना बीमाको दावी भुक्तानी पाउन सकेका छैनन् । यसमा समितिको भूमिका महत्वपूर्ण हुन्छ । यसबाहेक अध्यक्ष नहुँदा नीतिगत तहमा गर्नुपर्ने कैयौं निर्णय प्रभावित भएका छन् । अध्यक्षमा आधा दर्जन दावेदारी बीमा समितिको अध्यक्ष बन्ने दौडमा आधा दर्जन भन्दा बढी आकांक्षी रहेका समिति स्रोत बताउँछ ।बीमा समितिको अध्यक्षको दौडमा नेपाल राष्ट्र बैंक पृष्ठभूमिका तीन जना अग्रपंतीमा छन् । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी, नेपाल राष्ट्र बैंककै पूर्व निर्देशकद्वय कल्याण बन्दु अर्याल र लक्ष्मी प्रपन्न निरौला बीमा समितिको अध्यक्ष बन्ने दौडमा छन् । बीमा समितिका वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईले पनि बीमा समितिको अध्यक्ष बन्ने दौड त्यागेका छैनन् । समितिको अध्यक्षमा मन्त्रिपरिषदले पुनः नियुक्ति गर्न सक्ने व्यवस्था छ ।नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईं, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल, आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु लगायत पनि बीमा समितिको अध्यक्षको दौडमा छन् । समितिको अध्यक्ष हुन बीमा क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्ति हुनुपर्ने व्यवस्था छ । बीमा ऐनमा यस्तो व्यवस्था भएपनि वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाई नेपाल राष्ट्र बैंकको निर्देशकबाट बीमा समितिको अध्यक्षमा नियुक्त भएका व्यक्ति हुन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया