NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

तीन सयले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य तीन सयले उकालो लागेको छ । पछिल्ला दिनहरुमा निरन्तर उकालो लागिरहेको सुनको मूल्य बुधबार पनि बृद्धि भएको हो । मंगलबार प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार भने ९६ हजार सात सय निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार प्रतितोला ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार भने ९६ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने एक हजार ३४० रुपैयाँ निर्धारण भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष