यो वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशत हुने विश्व बैंकको अनुमान

काठमाडौं । विश्व बैंकले सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर ४ प्रतिशत हुने अनुमान गरेको छ । विश्व बैंकले जारी गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरू (ग्लोबल इकोनोमिक प्रोस्पेक्टस)का अनुसार यो वर्ष कोभिड–१९ विरुद्धको भ्याक्सिन विश्वभर वितरण हुने सम्भावना देखिएकाले महामारी नियन्त्रण भइ लगानी विस्तार केन्द्रीत सुधारले विश्व अर्थतन्त्रलाई गति दिनेछ । सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर ४.३ प्रतिशत ऋणात्मक रहेको अनुमान छ । विकसित देशका अर्थतन्त्रहरूमध्ये अमेरिकाको अर्थतन्त्र सन् २०२१ मा ३.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ । अमेरिकी अर्थतन्त्र सन् २०२० मा ३.६ प्रतिशतले ऋणात्मक भएको अनुमान छ । त्यस्तै, ५.३ प्रतिशतले ऋणात्मक भएको जापान सन् २०२१ मा २.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ । युरोपेली महासंघ भने गत वर्ष ७.४ प्रतिशतले खुम्चिएकोमा यो वर्ष ३.६ प्रतिशतले फैलने अनुमान गरिएको छ । उदयमान अर्थतन्त्रहरूमध्ये सन् २०२० मा २.६ प्रतिशतले ऋणात्मक आर्थिक वृद्धिदरमा रहेको चीन सन् २०२१ मा ५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ । चीन बाहेकका भारत लगायतका अन्य उदयमान अर्थतन्त्रहरू सन् २०२० मा ५ प्रतिशतले ऋणात्मक रहेकोमा यो वर्ष ३.४ प्रतिशतले बढ्ने अनुमान विश्व बैंकले गरेको छ । सन् २०२१ मा विस्तार हुने अनुमान गरिएको दक्षिण एशिया देशको अर्थतन्त्र नेपाली अर्थतन्त्र २.५ प्रतिशतभारत ५.४ प्रतिशतबंगलादेश ३.४, प्रतिशतभुटान २.३, प्रतिशतपाकिस्तान २, प्रतिशतअफगानिस्तान ३.३, प्रतिशतमालदिभ्स ११.५ प्रतिशतश्रीलंका २ प्रतिशत
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया