NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

मकवानपुरको कैलाश गाउँपालिकामा १० शैय्याको अस्पताल बन्दै

मकवानपुर । स्वास्थ्योपचारलाई व्यवस्थित एवं प्रभावकारी तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने उद्देश्यले मकवापुरको उत्तरी विकट क्षेत्र कैलाश गाउँपालिकामा १० शैय्याको अस्पताल बन्ने भएको छ । अस्पतालका १४ भवनसहित आधुनिक पूर्वाधार निर्माण द्रुत गतिमा भइरहेको छ । संघीय, प्रान्तीय, स्थानीय सरकार र गैरसरकारी संस्थाको आर्थिक लगानीमा उक्त स्वास्थ्य भवन निर्माण भइरहेको कैलाश गाउँपालिकाले जनाएको छ । वर्तमान परिस्थितिमा आफ्नो भवन नहुँदा समस्या भौग्दै आएका बिरामी तथा स्वास्थ्य संस्थालाई भवन निर्माणपछि स्वास्थ्य उपचार सेवामा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष टंक मोक्तानले विश्वास व्यक्त गरे । विकट क्षेत्रका रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्थाको भवन निर्माणले स्थानीयवासीमा उत्साह जागेको र अन्य क्षेत्रमा बिरामीलाई उपचारका लागि जानुपर्ने बाध्यता हटेको बताइएको छ । उक्त गाउँपालिका–२, ४, ६, ८, ९ तथा १० मा ४२ लाख रुपैयाँका दरले सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण भइरहेका छन् । त्यसैगरी कैलाशमा नेपाल सैनिक श्रीमती संघको ६८ लाख रुपैयाँको लगानीमा बर्थिङ सेन्टर निर्माण हुँदैछ । ६० लाख रुपैयाँ संघले र आठ लाख रुपैयाँको सामग्री गाउँपालिकाले बेहोर्ने गरी उक्त बर्थिङ सेन्टर निर्माण हुने बताइएको छ । कैलाशको कालीटारमा बहुवर्षीय योजनाअनुसार १० श्ययाको अस्पताल निर्माण भइरहेको मोक्तानले बताउनुभयो ।

ताजा अपडेट

नेपालवाच विशेष