NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

केपी ओली नेकपाभित्र पलाएका क्यान्सर हुन्ः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले केपी ओली नेकपाभित्र पलाएका क्यान्सर भएको बताएका छन् । बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा आयोजित विभिन्न दलको अन्तरक्रिया कार्यक्रममा भट्टराईले केपी ओली नेकपाभित्र पलाएका क्यान्सर भएको बताएका हुन् । उनले भने, ‘केपी ओली नेकपाभित्र पलाएका क्यान्सर हुन् । यो क्यान्सरले तपाईं, हामी सबैलाई खान्छ ।’ भट्टराईले जनता सडकमा नआउँदासम्म केही नहुने तर्क राखेका थिए । उनले आम जनताले सडकमा आएर प्रधानमन्त्रीको कदमको विरोध नगर्दासम्म केही नहुने बताएका हुन् । ‘आम जनता सडकमा नआएसम्म केही हुँदैन्,’ उनले भने, ‘हामीमाथि पनि जनताको विश्वास छैन् । हामी माथि पनि जनताले विश्वा गर्ने अवस्था छैन् । त्यसैले पहिला हामीले मिलेर जनताको विश्वास जितेर लोकतन्त्र बचाएर अघि जाउँ भन्नुपर्छ ।’ भट्टराईले संयुक्त रुपमा आन्दोलन नहुँदासम्म जनता नजोडिने र जनता सामेल नहुँदासम्म आन्दोलन सफल नहुने बताएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष