NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

सेयर बजार सामान्य बढ्दा ४ अर्बको कारोबार

काठमाडौं । कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य रुपले बढेको छ । पछिल्लो दुई दिन सामान्य रुपले घटेको बजारमा बुधबार भने सामान्य बृद्धि देखिएको हो । बुधबार नेप्से सूचक ८.७४ अंकले बढेर २१७४.२४ बिन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से सूचक ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा पुगेको थियो । बुधबार नेप्सेमा २०५ वटा कम्पनीमा १ करोड ५ लाख ३५ हजार २१६ कित्ता सेयर किनबेच भएर ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् । बाँकी २ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार व्यापार उपसमूह र हाइड्रोपावरको सूचक बाहेक सबै सकारात्मक देखिएको हो । व्यापार उपसमूहको सूचक ०.८९ प्रतिशत र हाइड्रोपावरको ०.७६ प्रतिशतले घटेको छ। आज दिन माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.६८ प्रतिशत बढेको छ। यस्तै, निर्जीवन बीमा १.१५ प्रतिशत, विकास बैंक १.०५ प्रतिशतले बढेको छ। आज कारोबारमा आएका ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि कारोबार भएका छन् । कालिका माइक्रोक्रेडिटको सेयरमूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले बृद्धि भएको छ । यस्तै जनउत्थान सामुदायिक लघुवित्त ९.९९ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.९६ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ९.९४ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.४९ प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै घटेको सेयरमूल्य जोशी हाइड्रोपावरको रहेको छ। जोशीको सेयरमूल्य ५.१३ प्रतिशतले घटेको छ। यस्तै नेपाल हाइड्रो, घलेम्दी हाइड्रो, श्री इन्भेष्टमेन्ट, बोटलर्स नेपाल तराई, सिनर्जी पावर लगायतको सेयरमूल्य ओरालो लागेको छ। बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २१ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै शिखर इन्स्योरेन्सको २० करोड २ लाख, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ४४ लाख, नेपाल टेलिकमको १५ करोड ८७ लाख, रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार कारोबारमा आएका ११० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ वटाको घटेको छ। १० वटा कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन।

ताजा अपडेट

नेपालवाच विशेष