जसपा संसदीय दलको बैठक सुरु

जनता समाजवादी पार्टी संसदीय दलको बैठक सुरु भएको छ । अहिले केहीबेर अघिबाट सिंहदरबारस्थित संसदीय दलको बैठक सुरु भएको हो । आजको बैठकबाट जसपाले संसदीय दलको नेता चयन गर्नेछ । यसअघि पार्टी एकीकरण गर्ने बेला नेता राजेन्द्र महतोलाई नै संसदीय दलको नेता चयन गर्ने सहमति भएको थियो । सोही अनुसार आजको बैठकबाट महतोलाई नै संसदीय दलको नेता चयन गर्ने पक्का भएको जसपा स्रोतले जनाएको छ । साथै बैठकबाट आज साँझ हुने सरकारसँगको वार्तामा कसरी प्रस्तुत हुने र सत्ता समीकरणबारे के निर्णय लिने भन्ने विषयमा पनि निर्णायक छलफल हुने बताइएको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया