बादलसहित २२ माओवादी नेता एमाले केन्द्रीय सदस्यमा मनोनित

रामबहादुर थापा ‘बादल’ सहित २३ जना माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । जसमा माओवादीबाट आएका टोबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरु छन् । शुक्रबार बालुवाटारमा बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय पुगेकाे छ । १ चैतमा केन्द्रीय समितिकाे बैठक बाेलाइए पनि त्यस अघि नै अध्यक्ष ओलीले आफ्नो पक्षको बैठकबाट माओवादीबाट आएकालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । माओवादी पक्षबाट आएकामध्ये रामबहादुर थापा बादललाई ओलीले उपाध्यक्ष बनाउने चर्चा थियाे । तर ओलीले उनलाई वागमती प्रदेशकाे इन्चार्ज ताेकेका छन् ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया