ओलीले बादललाई भने, ‘तपाईको गुन कहिले बिर्सने छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले संकटका बेला आफूलाई साथ दिएको भन्दै माओवादीबाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा (बादल)लाई आभार प्रकट गरेका छन् । कम्युनिस्ट आन्दोलन संकटमा परेका बेला सहयोग गरेकोले त्यो गुन कहिले नबिर्सिने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि केन्द्रीय सदस्यमा मनोनित गर्दै ओलीले बादललाई भने, ‘अप्ठ्यारो परेका बेला तपाईले मलाई साथ दिनुभयो । तपाईको त्यो गुन कहिल्यै विर्षने छैन । सँधै आभारी हुनेछु ।’ बादलको नेतृत्वमा शुक्रबार नै माओवादी केन्द्रका २३ नेता एमाले प्रवेश गरेका थिए । यी सबैलाई एमालेको केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । कार्यक्रममा ओलीले भने, ‘तपाईहरू अडिग भएर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन दृढ संकल्प भएर लाग्नुहोस् । क्रान्ति अगाडी बढ्दा क्षति पनि हुनसक्छ तर म तपाईहरूलाई एक इन्च पनि क्षति हुन दिन्न ।’ उनले माओवादी केन्द्रबाट आउने नेताहरुलाई नेतृत्वमा स्थापित गराउने जिम्मेवारी पनि आफ्नो भएको भन्दै माक्सवादको माला जप्ने मात्रै नभइ, सिर्जनात्मक ढंगले कार्यान्वयन पनि गराउने दावी गरे ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया