जिम्मेवारीविहीन बनाएपछि नेपाल समूहले बोलायो आकस्मिक बैठक

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूविरुद्ध लागेका सबै नेतालाई जिम्मेवारीविहीन बनाएपछि माधव नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक सुरू भएकाे छ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन् । बैठक नयाँ बानेश्वरस्थित् अर्याल होटलमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल–नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो । ओलीले प्रदेश इन्चार्जसम्म हेरफेर गर्दै माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्यसहित महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया