जसपाको वार्ता माओवादीसँग निष्कर्षविहीन

सत्ता समीकरणका लागि जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ । कुरा सकारात्मक भए पनि सत्ता समीकरणबारे आजै टुंगो भने नलागेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । शुक्रबार कांग्रेसँग भएको भेटवार्ता पनि सकारात्मक भए पनि टुंगोमा भने नपुगेको जसपाका नेता राजकिशोर यादवले बताएका थिए । ‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ ठाकुरले भने । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनले बताए । तत्काल कुनै पनि दलसँग सत्ता समीकरणमा आफूहरुले पूर्ण रुपमा सुरक्षित महसुस नगरेको उनले बताए । ‘हामी कही पनि आफूलाई सुरक्षाको महसुस गरेको छैन’, उनले भने । जसपाले काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ । तर, कुनै निर्णय भने दिएको छैन ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया