‘मकै छर्दा रसायनिक मल अभाव हुँदैन’

काभ्रे । बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताएका छन् । मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९ औं साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिनेसमेत दाबी गरे ।
‘यसअघि गलत व्यवथापनले सरकारले दिएको अनुदानको सदुपयोग हुन सकेन, नेपालमै दुई लाख मेट्रिक टन क्षमताको मल कारखाना खोल्न सरकारले अध्ययन गरिरहेको छ, सबै पक्षको सहयोग हुने हो भने स्वदेशमै पनि मल कारखाना खोल्न सकिन्छ,’ उनले भने ।
मन्त्री हुमागाईँले सबैखाले बिमा गर्न जनचेतनाको आवश्यकता औँल्याउँदै खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माणलगायतका विषयमा प्रदेश सरकारले प्राथमिकताका साथ काम सुरु गरेको जानकारी दिए ।
कार्यक्रममा नेकपा (एकीकृत सामाजवादी) का जिल्ला अध्यक्ष एवं मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवाले बीमा–सेवाको दायरा फराकिलो हुनुपर्ने उल्लेख गर्दै नगरका सबै वडामा पशु बिमा कार्यक्रम पुर्याउन अझै बाँकी रहेको बताए ।
प्रतिक्रिया