NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

माओवादीले पनि पूरा गर्यो शतक (जितेका स्थानीय तहको नामावलीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रमुख पदमा जित हासिल गरेको स्थानीय तहको संख्या १०१ पुगेको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुखमा माओवादी विजयी भएको हो । महानगरपालिकातर्फ भने चितवनको भरतपुर महानगरपालिकामा उसको अग्रता छ ।

उपप्रमुखमा योभन्दा अझै बढी १०७ स्थानमा माओवादीले जित निकालिसकेको छ ।

जारी गणनामा १८ प्रमुख र २२ उपप्रमुखमा माओवादीले लिड गरिरहेको छ ।

माओवादीले हालसम्म जितेका प्रमुख/उपप्रमुख र अध्यक्ष उपाध्यक्षमा गोरखा नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, गण्डकी गाउँपालिका, ककनी गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेनथापा गाउँपालिका, शहीद लगन गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट–रोराङ गाउँपालिकाm आबुखैरेनी गाउँपालिका, रुवी भ्याली गाउँपालिका, भगवतीमाई गाउँपालिका, थाहा नगरपालिका, नौमुले गाउँपालिका र नलगाड नगरपालिका छ ।

त्यसैगरी भुम्लु गाउँपालिका, जयदुल्ला गाउँपालिका, मुइकेचुला गाउँपालिका, सिंजा गाउँपालिका, तिला गाउँपालिका, गौरीशंकर गाउँपालिका, शुभकालिका गाउँपाकिला, चौतारा साँगागढी नगरपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका, जुगल गाउँपालिका, ताराखोला गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, खत्याङ गाउँपालिका, सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, बलेफी गाउँपालिका, ताजाकोट गाउँपालिका, बनगाड कुपिण्डे गाउँपालिका, सुनापती गाउँपालिका, दार्मा गाउँपाििलका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका, पृथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिका, खानीखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, प्यूठान नगरपालिका, जन्तेढुंगा गाउँपालिका र माण्डवी गाउँपालिका छन् ।

खोटेहाङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, झिमरुकु गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, लुङ्ग्री गाउँपालिका, चिसंखुगढी गाउँपालिका, सुनछहरी गाउँपालिका, सुनील स्मृत िगाउँपालिका, थवाङ गाउँपालिका, मोहन्याल गाउँपालिका, बंगलाचुली गाउँपालिका, ताप्ली गाउँपालिका, रतुवामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, बेलौरी नगरपालिका, बोगटान फुडसिल गाउँपालिका, खजुरा गाउँपालिका, आलिताल गाउँपालिका, राजापुर नगरपालिका, अजयमेरु गाउँपालिका, मेलौली नगरपालिका, रिब्दिकोट गाउँपालिका, अपिहिमाल गाउँपालिका, नौगाढ गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका, जितपुर सिमरा उपमहानगरपालिका र वाग्मती नगरपालिकाको प्रमुख पदमा पनि माओवादी केन्द्रको पल्लाभारी भएको छ ।

धेरै स्थानीय तहको प्रमुख पद जित्नेमा कांग्रेस पहिलो बनेको छ । उसले अहिलेसम्म २२८ स्थानीय तहको प्रमुख र २२१ को उपप्रमुखमा जित निकालिसकेको छ । अझै ९० स्थानमा कांग्रेसलाई अग्रता छ ।

१४६ स्थानीय तहको प्रमुख र १५६ को उपप्रमुख जितेर एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । ५१ प्रमुख र ७५ उपप्रमुखमा एमालेको अग्रता छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष