रासस चौतारी शाखामा नयाँ कार्यसमिति
काठमाडौं । प्रेस चौतारी नेपाल, रासस शाखाको आज सम्पन्न चौथो अधिवेशनले शर्मिला पाठकको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्ष पछि पूर्ति गरिनेछ भने सचिवमा कमलाकुमारी पौडेल र कोषाध्यक्षमा मुना भण्डारी चयन गरेको छ ।
नयाँ कार्यसमितिलाई राससका महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समितिका सदस्य माधव विद्रोही, चौतारीका पूर्वकेन्द्रीय उपाध्यक्ष राजेन्द्र विष्ट, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, प्रतिष्ठान प्रदेशका सहसंयोजक सरोज ढुङ्गेल, केन्द्रीय सदस्यहरू किरण भट्टराई, सञ्चिता घिमिरे, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्कालगायतले बधाई र शुभकामना दिए ।
शाखाले राससको ६१औँ वार्षिकोत्सवका अवसरमा घोषित सम्मान र पुरस्कार कोभिड–१९ को जोखिम न्यून भएपछि अनुकूल समयमा प्रदान गर्ने जनाएको छ ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया