भ्रमणमा गएका विशिष्ट पदाधिकारीले कतिसम्म बक्सिस दिन पाउँछन् ?

काठमाडौं । नेपाल सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रिभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ अनुसार एउटा भ्रमणमा राष्ट्रपतिले १० हजार, प्रधानमन्त्रीले आठ हजार, उपप्रधानमन्त्रीले ६ हजार, मन्त्रीले पाँच हजारभन्दा बढी बक्सिस (टिप्स) दिएमा स्वयं बेहोर्नुपर्नेछ ।
यीबाहेकका पदाधिकारीले टिप्स दिन पाउँदैनन् । १० हजारभन्दा बढी टिप्स दिनुपर्ने अवस्था आएमा नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ ।
उपहारसम्बन्धी विषय व्यवस्थापनका लागि मुख्यसचिवको अध्यक्षतामा अर्थ, सामान्य प्रशासन, परराष्ट्र र उद्योग मन्त्रालयको प्रतिनिधि सम्मिलित समिति रहन्छ । उपहारको डिजाइन समितिले र तयार उद्योग मन्त्रालयले गर्छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया