गठबन्धनको बैठकमा जान छाडे गगन

सभापति शेरबहादुर देउवामाथि दबाब बनाउन कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनको बैठक बहिष्कारको नीति अंगीकार गरेका छन् । बन्दसूचीमा आफ्नो समूह नसमेटिएको भन्दै असन्तुष्ट उनले गठबन्धनकै बैठकमा जान छाडेका हुन् । ‘पछिल्लो चार दिनदेखि उहाँ गठबन्धनको बैठकमा सहभागी हुनुभएको छैन ।
आफ्नो समूहलाई पेलेरै जाने अवस्था देखेपछि बैठकमा सहभागी हुनुभएको छैन,’ एक कांग्रेस नेताले भने । केही समयअघि डेंगु संक्रमणका कारण महामन्त्री थापा गठबन्धन बैठकमा सहभागी भएका थिएनन् ।
पछिल्लो समय संक्रमणमुक्त भएपनि उनी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । तर, गठबन्धनको बैठकमा सहभागी हुने गरेका छैनन् । ‘गठबन्धनमा उहाँको खोजी भइरहेको छ, तर बैठकमा सहभागी हुनुभएको छैन,’ ती नेताले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया