सालको गोलियासहित तीन मोटरसाइकल नियन्त्रणमा

चितवन । चितवन प्रहरीले सालको गोलियासहित तीन मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । आज बिहान भरतपुर महानगरपालिका–११ भोजाडस्थित खगेरी पुल नजिकैबाट लुकाइछिपाइ पदमपुरतर्फ लैजाँदै गरेको काठ र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
नवजागृती सामुदायिक वनबाट पदमपुरतर्फ लैजाँदै गरेको ना १६ प २०५७, ना ६ प २६४२ र ग ४ प ५९४३ नम्बरको मोटरसाइकल र उक्त मोटरसाइकलमा राखेर लैजाँदै गरेको तीनवटा सालको गोलिया नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार काठ तस्कर अस्थायी प्रहरीचौकी भोजाडबाट खटिएको टोलीलाई देखेपछि काठसहित मोटरसाइकल छाडेर भागेका थिए । काठ र काठ तस्करीमा प्रयोग भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा लगेर थप अनुसन्धान गर्ने कार्य भइरहेको उनले बताए ।
ताजा अपडेट
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
प्रतिक्रिया