लाङटाङमा देखिन थाले ‘रेड पाण्डा’

नुवाकोट । चिसो बढ्न सुरु भएपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) देखिन थालेका छन् । समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथिका स्थानमा रातो हाब्रे देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका अनुसार चन्दनबारीको माथिल्लो भेग चोलाङपाटी जङ्गलमा रातो हाब्रे देखिन थालेको हो । लोपोन्मुख रातो हाब्रे हिमपातको समयमा घाम ताप्नका लागि निकुञ्जको उक्त क्षेत्रमा निस्किने गर्दछ ।
रसुवामा सन् १९८७ मा गरिएको एक अध्ययनले चन्दनबारी तथा चोलाङपाटीमा रातो हाब्रे पाइने पत्ता लागेको थियो । सोही समयदेखि लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत रातो हाब्रे संरक्षणका लागि विभिन्न कार्यक्रम चलाईँदै आएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया