ओली समर्थकद्वारा सुरेन्द्र पाण्डेलाई चितवनमा दुर्व्यवहार
काठमाडौं । चितवनमा एक कार्यक्रममा पुगेका नेकपाका नेता सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री केपी ओली निकटका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । चितवनको नेकपा राप्ती नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा पाण्डेमाथि दुर्व्यवहार भएको हो । स्थायी समिति सदस्यसमेत रहेका पाण्डेले बोल्दै गर्दा १५२० जनाको हूल हलमा प्रवेश गर्दै पाण्डेलाई बोल्नबाट रोकेका हुन् । गुटको भेला गरेको भन्दै ओली समर्थकले चर्को नाराबाजी गरेका थिए । होहल्ला भएपछि कार्यक्रम नै स्थगित गरियो । केन्द्रमा ओली र प्रचण्ड गुटबीच चर्को मतभेद हुँदै गर्दा जिल्लाजिल्लामा नेता कार्यकर्ता यसरी झडपमा उत्रिएका हुन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया