NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

प्रधानमन्त्री ओलीबिनै सुरु भयो नेकपा स्थायी समिति बैठक

काठमाडाैं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरु भएको छ । दुई बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली अझै उपस्थित भएका छैनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल भने बैठकमा उपस्थित भइसकेका छन् । यसअघि गत ३ गते नै १८ गतेका लागि तय भएको बैठक सरेर आइतबार पुगेको थियो । लामो अन्तरपछि बैठक बसे पनि बैठकमा जान प्रधानमन्त्रीले आनाकानी गरेका छन् । पार्टीभित्रको अन्तर कलह समाधानार्थ बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री नै अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक सुरु गरेका छन् ।