बार्सिलोनालाई च्याम्पियन्स लिगमा फेरि कठिन टोली
समूह चरणको अन्तिम खेलमा युभेन्टससँग ३–० गोल अन्तरले पराजित भएको बार्सिलोना अन्तिम १६ मा कठिन टोलीसँग परेको छ । गोल अन्तरका कारण उपविजेता बनेको बार्सिलोनाले अन्तिम १६ मा फ्रान्सको पिएसजी प्रतिद्वन्द्वी पाएको हो । पछिल्ला वर्ष बार्सिलोनाले च्याम्पियन्स लिगमा नकअाउट चरणमा प्रभावशाली प्रदर्शन गर्न सकिरहेको छैन । गत वर्ष बार्सिलोना बायर्न म्युनिखसँग लज्जास्पद ८–२ को पराजय बेहोर्दै क्वारफाइनलबाटै बाहिरिएको थियो । पिएसजी गत वर्षको फाइनलिस्ट पनि हो । फाइनलमा पिएसजी बायर्न म्युनिखसँग १–० गोलले पराजित हुँदै उपाधिविहीन बनेको थियो । यो वर्ष मेसीको बार्सिलोना र नेयमारको पिएसजी आमनेसामने हुने भएका हुन् । ड्रमा बायर्नले लाजियो, युभेन्टसले पोर्टो, रियल म्याड्रिडले एटलान्टा प्रतिद्वन्द्वी पाएका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया