सरकारले अध्यादेशको अधिकार दुरुपयोग गर्यो : संविधानविद् आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले सरकारले अध्यादेशको अधिकार दुरुपयोग गरेको बताएका छन् । ‘सरकारले कोरम नपुगेको बहानामा अध्यादेश ल्याएको भनेको छ, तर यो अधिकारको दुरुपयोग हो,’ उनले भने । सरकारले संसद् छल्नका लागि अध्यादेश ल्याएको आरोप पनि उनले लगाए । अध्यादेशलाई कानुनको अपवादको रुपमा मानिने र संसद् चनलेको बेलामा मात्रै सरकारले जारी गर्न सक्ने उनको भनाइ छ । संवैधानिक व्यवस्था अनुसार एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्रमा अर्को अधिवेशन बोलाइसक्नु पर्छ । यसअघि बर्खे अधिवेशन सकिएको आगामी १७ पुसमा ६ महिना पुग्दैछ । बर्खे अधिवेशन सरकारले यसअघि चालु अधिवेशन अन्त्य गरेको १७ पुसमा ६ महिना पुग्दैछ । ‘वर्षौसम्म नियुक्ति नगरेको सरकारले रातारात किन नियुक्ति गर्नु पर्यो ?’ संविधानविद् आचार्यले भने, ‘सरकारले संसद् छल्न खोजेर महत्वपूर्ण संवैधानिक अंगमा आफ्ना मान्छे भर्ती गर्नका लागि अध्यादेश ल्याएको देखिन्छ ।’ सरकारले सार्वभौम संसद्को अपमान गरेको उनको भनाइ छ ।
प्रतिक्रिया