NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

वायु प्रदूषण अत्याधिक भएकाले घर बाहिर ननिस्किन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा पछिल्ला दिनमा वायु प्रदूषण बढेकाले घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन नेपाल वातावरण विभागले अनुरोध गरेको छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार विज्ञप्ती जारी गर्दै अनावश्यक रुपमा घर बाहिर ननिस्किन र निस्किनै परेमा विशेष सावधानी अपनाएर निस्किन आग्रह गरेका हुन् । विज्ञप्तीमा बालबालिका, बृद्धबृद्धा तथा दम, खोकी जस्ता श्वासप्रशवाससम्बन्धि बिरामी र मुटुका बिरामीहरुलाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यका बाहेक तराईका नेपालगञ्ज, विराटनगर लगायतका ठाउँमा पनि प्रदूषणमो मात्रा उच्च रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । फोहोर बाल्दा र आगो बाल्दा समेत वायु प्रदूषण बढ्ने भएकाले त्यस्ता कार्य नगर्न विभागले अनुरोध गरिएको छ । ‘फोहोर बाल्दा र आगो बाल्दा समेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण रहने वा झन् खराब समेत हुने भएकाले सावधानी अपनाउन अनुरोध गरिन्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष