NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

हत्या गरेको अभियोगमा एक भारतीय पक्राउ

काठमाडौं । भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित सडकमा मंगलबार छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका शर्मालाई काठमाडौँ फर्पिङस्थित सुरक्षा चौकीबाट आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार ना १ ज ७५६२ नंको सुमो गाडीमा उपत्यकाबाट भाग्ने क्रममा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष