वञ्जीमा जोडीको आकर्षण बढ्दो

पोखरा । अक्सर मान्छे उचाइसँग डराउने गर्छन् । तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन् । एक्लै डराउनेहरु एकअर्को साथीको साहाराबाट बञ्जी गर्नेको सङ्ख्या पनि उत्तिकै छ । पोखरा–२५ स्थित हाइग्राउन्ड एडभेन्चर्समा बञ्जीको मज्जा लिएपछि भक्तपुर बालकोटकी २५ वर्षीय नविना दवाडीले भन्छन्, ‘निकै पहिलेदेखि बञ्जी गर्ने रहर थियो, तर एक्लै गर्नसकेको थिइन । उहाँ (श्रीमान् देखाउँदै) को साथले आट आयो, डरलाई जितेको अनुभव गरेँ ।’ दवाडीले लामो समयको सपना श्रीमानको साथमा पूरा गर्न पाएकोमा खुशी लागेको बताए । सँगै मुस्कुराइरहनुभएका सन्दिप सुवेदीले पनि श्रीमतीको सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताए । ‘हामी नवविवाहित जोडी हौँ, उनको सपना पूरा गर्न साथमा लिएर बञ्जी गरेँ, डरभित्रको आनन्दमा हामी रमायौँ’, सुवेदीले भने, ‘एडभेन्चर्स भनेकै डरसँग सम्बन्धित हुन्छ जति डर जति चुनौती उति मज्जाहुन्छ हामीले त्यो अनुभव हासिल गर्यौं ।’ काठमाडौँ बालुवाटारका २७ वर्षीय सफिन श्रेष्ठले पनि २२ वर्षीय श्रीमती सनिसा श्रेष्ठको साथमा बञ्जीको अनुभव निकै स्मरणीय रहेको बताए । उनले एक वर्ष अघि विवाह गरेपछिसँगै बञ्जी गर्ने रहरलाई बल्ल पूरा गर्न पाएको बताए । ‘हामीले निकै पहिलादेखिसँगै बञ्जी गर्ने सोच बनाएको तर कोभिड–१९ का कारणले रोकिएका थियौँ, पोखरामा ‘कपल’ बञ्जी हुन्छ भन्ने थाहा पाएपछि यहाँ आएर त्यो रहर पूरा ग¥र्यौँ’, बञ्जीको अनुभव सुनाउँदै सनिसाले भनिन्, ‘ओहो निकै डरलाग्दो रहेछ, एक्लै भएको भए त सक्दिन थिएँ होला, उहाँको साथले आत्मविश्वास बढ्यो, डरलाई जितेँ ।’ बञ्जी सञ्चालक कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले पछिल्लो समय बञ्जी गर्ने जोडी (टेन्डम) सङ्ख्या बढिरहेको बताए । महर्जनले भने, ‘हामीले शुरुमा सन् २०१० मा पोखरामा साहसिक खेल जीप लाइन शुरु गरेका हौँ, त्यसपछि सन् २०१४ बाट बञ्जी सञ्चालनमा ल्यायौँ । शुरुका पाँच वर्ष अक्टुबरको समयमा फुलमुन बञ्जी (रातिमा गर्ने) गर्यौं भने सन् २०१९ देखि जोडी बञ्जी अर्थात् टेन्डम शुरु गरेका हौँ, अहिले जोडीहरुको आर्कषण बढ्दै गएको छ ।’ उनले जोडीमा एक अर्को साथीसँग जम्प गर्ने सकिने बताएका छन् । महर्जन भन्छन्, ‘जोडी भन्ने वित्तिकै गर्ल फ्रेण्ड ब्याइ फ्रेण्ड मात्र भनेर बुझ्ने गरेको तर बञ्जीमा त्यस्तो हुँदैन जो कोही साथीसँग पनि बञ्जी गर्न सकिन्छ ।’ कोभिड–१९ का कारण लामो समय बन्द रहेको बञ्जी पुनः सञ्चालनमा आएसँगै आन्तरिक पर्यटक आउने थालेको उनको भनाइ छ । कोभिड–१९ अघि ४५ प्रतिशत नेपाली र ६५ प्रतिशत बञ्जी गर्थे भने अहिले सबै आन्तरिक पर्यटक मात्र छन् ।
ताजा अपडेट
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
-
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
प्रतिक्रिया