ओली समूहको एक स्वर : ओली जहाँ नेकपा र सूर्य त्यहाँ

हुम्ला । हुम्लामा नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला सुरु भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलाबाट सुरु गरिएको अगुवा कार्यकर्ता भेलालाई नेकपा ओली पक्षका पोलिटब्युरो सदस्य एवं कर्णाली प्रदेश अध्यक्ष गोर्खबहादुर बोगटीले सम्बोधन गरेका छन् । नेकपाको ओली समूहका केन्द्रीय सदस्यसमेत नेता बोगटीले प्रतिनिधिसभा पुनःस्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । उनले भने ‘जहाँ ओली त्यहीँ नेकपा र सूर्य हुन्छ कोही पनि भ्रममा नपर्नुस । ढुक्क भएर बस्नुस् ।’ अगुवा कार्यकर्ता भेलामा वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि उनले आग्रह गरे । प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको उनले बताए । ‘अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुनः एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन । आज ताजाकोटको छप्रेलामा नेकपाको ओली समूहले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अर्का केन्द्रीय सदस्य दल फडेराले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हुन्छ त हाम्रो मात्र, नभए कसैको पनि हुँदैन ।’ दाहाल (नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको अदानचुली गाउपालिकाका अध्यक्षसमेत रहेका नेता फडेराले बताए । सो अगुवा कार्यकर्ता भेलालाई केन्द्रीय सदस्य एवं खार्पुनाथ गाउपालिकाका उपाध्यक्ष रुपा शाही, नेता गोविन्द शाही र नेकपा हुम्लाका कार्यालय सचिव कमल बोहराले सम्बोधन गरेका छन् । आफ्नै पाटीको सरकार भएर पनि प्रचण्ड र नेपालले सरकारलाई काम गर्न पनि नदिने र बाटो नछोड्ने गरेकाले पार्टीको यो दुर्दशा भएको उनीहरुको भनाई थियो ।
ताजा अपडेट
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
-
‘वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने’
प्रतिक्रिया