प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौँमा लालटिन जुलुस [भिडियाे]

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ। https://www.youtube.com/watch?v=7aYAzsW8pR4 अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो। माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका थिए। प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनैपनि धारा नभएको बताए । प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनले माग गरे। प्रतिनिधि सभा पुनःर्स्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने बताए। विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । उनीहरुले ‘संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ है, ‘हामी अरु जान्दैनौँ, संसद विघटन मान्दैनाैं’ लगायतका नारा समेत लगाएका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया