तिनाउ मिसन प्राप्ति गर्न सिटिजन्स बैंकले गर्याे सम्झौता

काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता गरेकाे छ । बैंकलाई प्राप्ति गर्नेबारे बुधबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार आयोजित एक कार्यक्रममा सिटिजन्सका सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका तर्फबाट सञ्चालक तथा मर्जर एवं प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका हुन् । बैंकहरुले आ—आफ्नो विशेष वा वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । आजसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप संकलन १२४ अर्ब रुपैयाँ पुग्नेछ । ऋण प्रवाह १०२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात तिनाउ मिसनका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता सेयर पाउनेछन् । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा तिनाउको प्राप्तिपछि चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया