NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

पुरानै न्यायाधीश राखेर संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथी आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले पुरानै न्यायाधीशलाई इजलासमा राखेर सुनुवाइ सुरु गरेका हुन् । इजलासमा जवराको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी रहेका छन् । प्रतिनिधिसभा विघटन सम्बन्धि १३ वटा रिटमाथि आजबाट निरन्तर सुनुवाइ हुनेछ । गत आइतबार प्रधानमन्त्री केपी ओली, राष्ट्रपति कार्यालय र सभामुख अग्नि प्रसाद सापकोटाले लिखित जवाफ पेस गरेका थिए । आजबाट दुवै पक्षले आ–आफ्नो पक्षमा बहस गरेपछि पछि फैसला हुनेछ । यसअघि प्रतिनिधिसभा विघटन सम्बन्धि रिटमाथि सर्वोच्च अदालतका ११ जना न्यायाधीशले फैसला गरेकाले त्यो नजीर अनुसार पनि वृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्न रिट निवेदकहरूले माग गरेका छन् । यससम्बन्धी निवेदन मंगलबार सर्वोच्चमा दर्ता भएको थियो । उक्त रिट पनि आज संवैधानिक इजलासमा पेस हुनेछ । १३ जना रिट निवेदकले वृहत् पूर्ण इजलासबाट प्रतिनिधि सभा विघटन सम्बन्धि रिटको फैसला गर्नुपर्ने भन्दै इजलास बस्ने बित्तिकै माग गर्ने तयारी गरेका छन् । तजविजी अधिकार प्रयोग गर्दै प्रधानन्यायाधीश जवराले आफू अनुकुलका न्यायाधीश रहने गरी संवैधानिक इजलास गठन गरेपछि रिट निवेदकहरुले प्रधानन्यायाधीशको भूमिकामा प्रश्न उठाउँदै आएका छन् । आज पनि जबराको पहिलो रोजाइको न्यायाधीशमा हरिकृष्ण कार्की छन् ।

ताजा अपडेट

नेपालवाच विशेष