NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

संसद् विघटनको बहस बृहत पूर्ण इजलासमा गर्न कानुन व्यवसायीको माग

काठमाडौं । संसद् विघटनको मुद्दा बृहत् संवैधानिक इजलासमा छलफल हुनुपर्ने माग कानुन व्यवसायीले गरेका छन् । पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले संसद् विघटनसम्बन्धीको बहस बृहत् पूर्ण इजलासमा हुनुपर्ने भन्दै मंगलबार सर्वोच्चमा निवेदन दिएका हुन् । संसद् विघटन विरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि सुरु भएको बहसका क्रममा अधिवक्ता श्रेष्ठले यो मुद्दा बृहत् पूर्ण इजलासमा बहस हुनुपर्ने माग गरेका छन् । यसका लागि आफूले हिजै निवेदन दर्ता गरेको बहसका क्रममा उनले बताए । तर, यो विषय आफूलाई जानकारी नभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले बताए । प्रधानन्यायाधीशले आफूलाई जानकारी नभएको बताएपछि इजलास अधिकृतले निवेदन पढेर सुनाएका छन् । संसद् विघटनको मुद्दा संविधानसँग बाँझिएको भन्दा पनि संविधानको व्याख्यासँग सम्बन्धित भएकाले बृहत् पूर्ण इजलासमा बहस हुनुपर्ने दावी श्रेष्ठको छ । यसअघि ०५२ मा यस्तै प्रकृतिको संसद् विघटनको मुद्दामा सर्वोच्चले प्रधानन्यायाधीशसहितको ११ सदस्यीय विशेष इजलासले गरेको थियो । उक्त इजलासले विघटित प्रतिनिधि सभा ब्युँताउनेगरी १२ भदौ ०५२ मा फैसला गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष