NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

पाकिस्तानविरुद्धको टेष्ट सिरिज न्युजिल्यान्डलाई

क्राइस्टचर्च । तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजील्यान्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ । पहिलो इनिङमा पाँच विकेट लिएका काइल जेमिसनले दोस्रो इनिङमा पनि प्रभावशाली खेल प्रदर्शन गर्दै पाकिस्तानका ६ खेलाडी आउट बनाएका थिए । ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने केन विलियम्सनले १ विकेट लिएका थिए । पहिलो इनिङमा २९७ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १८६ रन मात्र बनाउन सकेको थियो । पहिलो इनिङमा ६५९ रन बनाएको न्युजील्यान्डले अन्ततः पाकिस्तानलाई एक इनिङ र १७६ रनले पराजित गरेको हो । दुई खेलको यस शृंखलामा न्युजील्यान्डले २–० ले विजयी भएको छ । पहिलो इनिङमा व्यक्तिगत २३८ रन बनाएका कप्तान केन विलियम्सनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि जिते । दोस्रो इनिङमा पाकिस्तानका अविद अलिले २६, मोहम्मद अब्बासले ३, अजहर अलिले ३७, ह्यारिस सोहेलले १५, फवाद आलमले १६, मोहम्मद रिजवानले १०, फाहिम अश्रफले २८, जफार गोहारले ३७ रन बनाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष