NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

सिंगटी हाइड्रोको साढे ४३ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आइपीओ निष्काशनको लागि स्वीकृति दिएको छ । बोर्डले सिंगटी हाईड्रो इनर्जी कम्पनीको आइपीओ लाई बिक्री खुला गर्न अनुमति दिएको हो । सिंगटी हाईड्रो इनर्जीको हाल रहेको एक अर्ब ४५ करोड चुक्ता पुँजिको ३० प्रतिशत प्राथमिक सेयर सर्वसाधारणलाई वितरण गर्न बोर्डले अनुमति दिएको हो । यस कम्पनीको आइपीओमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । कम्पनीसँग कूल जारी पुँजिको ७० प्रतिशत अर्थात एक अर्ब एक करोड ५० लाख रुपैयाँको सेयर संस्थापक शेयरधनीहरुले लिइसकेका छन् । आइपीओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि एक अर्ब ४५ करोड पुग्नेछ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी ‘केयर रेटिङ नेपाल’ले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ । केहि समय अगाडीमात्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति दिएको थियो । बैंकको आइपीओ माघ दुई गतेबाट बिक्री सुरु हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष