सेयर बजारबारे भ्रम फैलाउनेलाई कारबाही गर्न ब्रोकर एसोशिएसनको आग्रह

काठमाडौं । सेयर बजारको बारेमा सामाजिक सञ्जालमा नकारात्मक भ्रम फैलाउनेलाई कारबाही गर्न स्टक ब्रोकर एसोशिएसन अफ नेपालले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई आग्रह गरेको छ । एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै काल्पनिक र परिचय नखुल्ने नाम, बेनामि, फर्जीनाम वा असम्बन्धित नामबाट सामाजिक सञ्जालमा धितोपत्र बजारका विभिन्न निकाय पक्षका संस्था, पदाधिकारी वा व्यक्ति विशेषको नाम नै तोकेर आनावश्यक हल्ला भएको भन्दै त्यसलाई रोक्न माग गरेको छ । यस्ता कामलाई रोक्न ‘साइबर क्राइम ऐन २०६३’ लागु भएको भन्दै कसैले त्यस्तो काम गरेको थाहा पाएमा प्रहरीलाई उजुरी दिन एसोशिएसनले आग्रह गरेको छ । नक्कली नामहरुबाट संस्था तोकेर गाली गर्दा संस्थाको गरिमा र संवेदनशिलतामा आँच आउने कार्य बन्द गरी सबैमा जनचेतना फैलाउन समेत आग्रह गरेको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया