NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा ब्रेक, एक सातापछि अर्को पेसी

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको निरन्तर गर्ने भनिएको सुनुवाइ एक साता पर सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले अब एक सातापछि आगामी बुधबारका लागि नयाँ पेसी तोकेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध आजदेखि निरन्तर बहस हुने भनिएको थियो । तर, प्रधानन्यायाधीश जवराले अर्को पेसीको मिति आगामी बुधबारका लागि तोकेका हुन् । संवैधानिक इजलास हरेक साता बुधबार र शुक्रबार बस्छ । आजको संवैधानिक इजलासमा शम्भु थामा, मुक्ति प्रधान, दिनेश त्रिपाठी लगायतका वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष