तस्बिरमा हेर्नुहोस अमेरिकी संसद भवनमा ट्रम्पका समर्थकहरुको प्रदर्शन

काठमाडौं । अमेरिकी राजधानी वाशिङटनस्थित सांसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकहरुले प्रदर्शन गरेका छन् । क्यापिटल बिल्डिङमा अमेरिकी कांग्रेस इलेक्ट्रोल कलेजको बारेमा भईरहेको बहसपछि अमेरिकाका आगामी राष्ट्रपतिका रुपमा निर्वाचित जो बाइडेनको जीतलाई आधिकारिक तथा कानुनी रुपमा पुष्टि हुँदै थियो । तर, त्यसअघि नै अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकहरुले प्रर्दशन सुरु गरेका थिए । ट्रम्पका समर्थकहरुले क्यापिटल बिल्डिङ भित्र परेर अमेरिकी राष्ट्रपतिको चुनाव रद्द गर्न माग गर्न थाले । यसैबीच उनीहरुले हिंसा सुरु गरेपछि अमेरिकाका सुरक्षाकर्मीहरुले कदम चाल्नु परेको थियो । उक्त घटनामा एक महिलाको मृत्यु समेत भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । तस्बिरमा हेर्नुहोस अमेरिकी सांसद भवनमाथि ट्रम्पका समर्थकहरुको प्रदर्शन ट्रम्पका समर्थकलाई रोक्न खोज्दै सुरक्षाकर्मी (तस्बिर सौजन्यः जोसेफ प्रेज्योसो /एएफपी) ट्रम्पका समर्थकलाई रोक्न खोज्दै सुरक्षाकर्मी (तस्बिर सौजन्यः जोसेफ प्रेज्योसो /एएफपी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु अमेरिकी सांसद भवन क्यापिटल बिल्डिङ अगाडि (तस्बिर सौजन्यः स्टेफाली कैथ/रोयटर्स अमेरिकी कांग्रेसको बहस चलिरहेको बेला प्रदर्शनकारीहरुलाई क्यापिटल बिल्डिङको ‘हाउस च्याम्बर’ कक्षभन्दा बाहिर राख्दै सुरक्षाकर्मी (तस्बिर सौजन्यः ड्रिउ एङ्गेरेर/एएफपी) अमेरिकी सांसद भवनभित्र छिर्ने बेला ट्रम्पका समर्थकहरु । सुरक्षाकर्मीहरुले रोक्न खोज्दा उनीहरु जबरजस्ती छिरेका थिए । (तस्बिर सौजन्यः जोसेफ प्रेज्योसो /एएफपी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक समर्थक । प्रदर्शनको क्रममा उनी अमेरिकी सभामुख नेन्सी पेलोसीको कक्षमा बस्दै । (तस्बिर सौजन्यः सौल लोएब /एफपी) प्रदर्शनका क्रममा घाइते देखिएका एक व्यक्ति अमेरिकी सांसद भवन अघि ट्रम्पका समर्थकहरुले गरेको प्रदर्शनका दौरान क्यापिटल बिल्डिङतर्फ हेर्दै ( तस्विर सौजन्यः टाकोस काटोपोडिस /एएफपी) अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकहरुले सुरक्षाकर्मीले क्यापिटल बिल्डिङभित्र छिर्न बन्देज गर्दै लगाएको बार तोड्दै (तस्बिर सौजन्यः जुलियो कोर्टेज/एपी फोटो) अमेरिकी सांसद भवनमा प्रदर्शन गर्दै ट्रम्पका समर्थक (तस्बिर सौजन्यः इएफइ/जिम लो स्काल्जो)
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया