अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर १२ घण्टालाई बन्द, स्थायी रुपमा प्रतिबन्द लाग्न सक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्याडनलाई १२ घण्टाको लागि प्रतिबन्द लागेको छ । ट्रम्पले निकै रुचाएको ‘सार्वजनिक सञ्चारको माध्यम’ ट्वीटरमा उनले गरेका ट्वीटका कारण उनको ह्याडललाई नै बन्द गराइएको ट्वीटरले जनाएको छ । ट्रम्पले गरेका तीन ट्वीटहरुले ट्वीटरको ‘नगरिक अखडता नीति’लाई तोडेको भन्दै उनको ह्याडललाई १२ घण्टाको लागि बन्द गरिएको हो । उनले यस्तै कदम दोहोर्याएमा सधैंका लागि ट्वीटरबाट उनलाई प्रतिबन्द लगाउने ट्वीटरले जनाएको छ । ‘ट्वीटरका नीतिहरुलाई भविष्यमा पनि यसरी नै तोड्दै गएमा ट्रम्पको एकाउन्टलाई सधैंका लागि ससपेन्ड गरिनेछ,’ ट्विटरले भनेको छ । ट्रम्पले गरेका पछिल्ला तीन ट्वीटहरु ट्वीटरको नीति विपरित गएको कारण हटाइएको थियो । तीमध्ये एक भिडियोमा ट्रम्पले बुधबार अमेरिकी सांसद भवन क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने आफ्ना समर्थकहरुलाई प्रेम गर्ने र उनीहरुलाई घर जान भनेका थिए । सँगै उनले अमेरिकी राष्ट्रपतिको निर्वाचन आफूबाट खोसिएको भ्रमपूर्ण अभिव्यक्ति भिडियोमा दिएका थिए । यता फेसबुकले पनि ट्रम्पलाई २४ घण्टासम्म केही पोष्ट गर्न नसक्ने प्रतिबन्द लगाएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया